Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

संसद् अधिवेशन

संसद्‌मा आज गृहमन्त्री रवि र महामन्त्री गगनको जुहारी, कांग्रेसले बैठक अवरुद्ध गर्ने 

संसद्‌मा आज गृहमन्त्री रवि र महामन्त्री गगनको जुहारी, कांग्रेसले बैठक अवरुद्ध गर्ने 


  • 3.2K
    Shares

    संसद्‌मा आज गृहमन्त्री रवि र महामन्त्री गगनको जुहारी, कांग्रेसले बैठक अवरुद्ध गर्ने 
    images

    काठमाडौं । संसद्‌मा आज (शुक्रबार) गृहमन्त्री रवि लामिछाने र कांग्रेस महामन्त्री गगनकुमार थापाले क्रमशः सम्बोधन गर्ने भएका छन् । 

    उनीहरुमध्ये पहिले गृहमन्त्रीले बोल्ने पालो छ भने त्यसपछि गगनले बोल्नेछन् । 

    बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री रविलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ । उसले यसअघि रविलाई संसद्‌मा बोल्न दिएको थिएन । 

    त्यस्तै दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । 

    उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

    त्यसपछि सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बैठकमा धारणा राख्न समय दिनेछन् । 

    त्यसपछि कांग्रेस संसद् बैठक अवरुद्ध गर्नेछ ।  

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १२:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij