Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सहकारी प्रकरण

गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म कांग्रेसले सदन चल्न नदिने

गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म कांग्रेसले सदन चल्न नदिने


  • 3.5K
    Shares

    गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म कांग्रेसले सदन चल्न नदिने
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । 

    आज (शुक्रबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नगरेसम्म संसद् चल्न नदिने निर्णय गरेको हो । 

    कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए । 

    बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको उनले जानकारी दिए । 

    यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले मानेको थिएन । 

    तर, अब दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । 

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १०:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij