२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । संघीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो प्रतिनिधिसभाको वर्षे एवं बजेट अधिवेशन आज (शुक्रबार)बाट सुरू हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यहीँ वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुसार सदनको बजेट अधिवेशन आजबाट सुरू हुने भएको हो ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजे बस्ने उक्त अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै जारी सार्वजनिक सूचनामार्फत अनुरोध गरिसकेको छ ।
आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट० जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
हेर्नुहोस् सम्भावित कार्यसूची :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij