Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

प्रदेश सरकार

कोशीमा कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन प्रदेश प्रमुखको आग्रह 

कोशीमा कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन प्रदेश प्रमुखको आग्रह 


  • 3.1K
    Shares

    कोशीमा कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन प्रदेश प्रमुखको आग्रह 
    images

    काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरू भएको छ । 

    सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको दाबेदार नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मत कार्कीका समर्थकलाई सनाखत गर्न आग्रह गरेका छन् । 

    नेकपा (माओवादी केन्द्र)को समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् । 

    प्रदेश प्रमुख खापुङले कार्कीका समर्थकहरुलाई आज दिउँसो साढे १२ बजेभित्र उपस्थित भइ सनाखत गर्न आग्रह गरेका छनत् । 

    प्रदेश प्रमुख खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । 

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - १२:१२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij