२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति गठनको आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
आज (मंगलबार) बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन भन्ने छलफल भएको रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले बताइन् ।
मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन् ।
रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।
प्रतिपक्षी कांग्रेसले छानबिनका लागि भन्दै संसदमा संसदीय छानबिन समिति गठन गर्न सरकारसमक्ष भाग गरेको छ । उसले उक्त माग राख्दै यसअघि संसद् बैठक नै अवरुद्ध पार्दै आएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij