Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार बस्ने 

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार बस्ने 


  • 2.3K
    Shares

    एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार बस्ने 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ ।

    बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र

    साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । 

    बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

    प्रचार विभाग प्रमुख खतिवडाका अनुसार देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

    पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ । प आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ । 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - १०:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij