Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

बालुवाटारमा प्रचण्ड, ओली र रविबीच वार्ता : सहकारी ठगीमा संलग्न गृहमन्त्रीबारे सघन छलफल 

बालुवाटारमा प्रचण्ड, ओली र रविबीच वार्ता : सहकारी ठगीमा संलग्न गृहमन्त्रीबारे सघन छलफल 


  • 8.1K
    Shares

    बालुवाटारमा प्रचण्ड, ओली र रविबीच वार्ता : सहकारी ठगीमा संलग्न गृहमन्त्रीबारे सघन छलफल 
    images

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

    भेटवार्तामा देशको पछिल्लो राजनीतिक समसामयीक घटनाक्रमबारे छलफल भएको हो । विशेषगरी गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको विषयमा छलफल भएको छ । 

    बालुवाटार स्रोतका अनुसार छलफलमा आगामी बजेट अधिवेशन, बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालयलगायतका विषण्मा छलफल भएको थियो । 

    सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेको छ । उक्त अधिवेशनको सुरुवात् अगावै सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले केही दिनयता क्रियाशिलता देखाएका छन् । 

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १४:४८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij