२०८२ कार्तिक २२ गते शनिवार
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।
आज (आइतबार) मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
तर, मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने र तटस्थ बस्ने बताएको छ ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ ।
अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij