Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रदेश सरकार

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेको अझैँ आनाकानी, ओलीले भने– हतार नगर्नू  

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेको अझैँ आनाकानी, ओलीले भने– हतार नगर्नू  


  • 4.5K
    Shares

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेको अझैँ आनाकानी, ओलीले भने– हतार नगर्नू  
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । 

    सोडारीले शनिबार विश्वासको मत लिने तयारी गरेका थिए । तर, सत्तासाझेदार दल एमाले–माओवादीले नै विश्वासको मत नदिने अडान लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 

    बैशाख ६ गते सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघि शुक्रबार पनि सोडारीले विश्वासको मत लिन खोजेका थिए । तर, विश्वासको मत पाउने पक्का नभएपछि उनले त्यसलाई शनिबारसम्म सारेका थिए ।

    सुदूरपश्चिममा एमालेले सुरुमा सोडारीलाई नस्वीकार्ने बताएको थियो । तर, उक्त अडान कायमै राख्दा सत्ता गठबन्धनमा गडबड आउने संकेत देखिएपछि एमाले आफ्नो अडानबाट पछि हटेको थियो । सुदूरपश्चिममा किचलो कायमै रहँदा प्रदेशसभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा प्रमुख सचेतक सुरेन्द्र पाल पार्टी अध्यक्ष ओलीसँग भेट गर्न शनिबार राति बालकोट पुगेका थिए । 

    भेटमा ओलीले तत्काल विश्वासको मत दिन हतार नगर्न सुदूरपश्चिम प्रदेश सांसदहरुलाई निर्देशन दिएका छन् । 

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १०:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij