Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री सोडारीलाई एमाले–माओवादीले नै विश्वासको मत नदिने अडानपछि बैठक स्थगित

मुख्यमन्त्री सोडारीलाई एमाले–माओवादीले नै विश्वासको मत नदिने अडानपछि बैठक स्थगित


  • 4.4K
    Shares

    मुख्यमन्त्री सोडारीलाई एमाले–माओवादीले नै विश्वासको मत नदिने अडानपछि बैठक स्थगित
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । 

    मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको बैठक स्थगित भएको हो । 

    प्रदेशसभाका प्रवक्ता तेजप्रकाश जोशीले शनिबार साँझ ५ः३० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । 

    बैठक आज साँझ ५ बजेका लागि आह्वान भएको थियो । तर, मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था भएपछि बैठक स्थगित भएको हो । 

    नेकपा (एमाले)ले छलफल नै नगरी बैठक राखिएको भन्दै मत नदिने अडान राखेपछि बैठक स्थगित भएको नेताहरू बताउँछन् । 

    त्यस्तै नकेपा (माओवादी केन्द्र)को दलका उपनेता अक्कल रावलले पनि बैठक नै अनिश्चित भएको भन्दै छलफल नभएकोले विश्वासको मत दिन नसक्ने बताएका थिए ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १६:५४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij