Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रदेश सरकार

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने


  • 3.5K
    Shares

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने
    images

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यहीँ वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री  अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् । 

    मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १३:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij