Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

देउवा चाँडै प्रधानमन्त्री बन्ने कोइरालाको दाबी 

देउवा चाँडै प्रधानमन्त्री बन्ने कोइरालाको दाबी 


  • 10.0K
    Shares

    देउवा चाँडै प्रधानमन्त्री बन्ने कोइरालाको दाबी 
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । 

    शुक्रबार नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले देउवालाई प्रधानमन्त्री बन्दा खेललाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । 

    नेपालीहरुले अन्यन्त्र खेलमा राम्रो सीप प्रदर्शन गरेको बताउँदै कोइरालाले भने, ‘गरिब राष्ट्र भएकाले हामीले खेलकुदलाई त्यति प्राथमिकता दिन सकेनौं । खेल महत्वपूर्ण जीवनको अंग हो । यसलाई हामीले महत्व दिनुपर्छ । म आदरणीय सभापतिलाई भन्न चाहन्छु, तपाईंले इच्छा प्रकट गर्नुहोस्, आउने दिनहरुमा तपाईं प्रधानमन्त्री बनिहाल्नुहुन्छ । खेललाई चाहिँ प्राथमिकतामा राख्नुहोला ।’

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १३:०३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij