Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकार धरमर : मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा एमाले, माओवादी र नाउपा 

सुदूरपश्चिम सरकार धरमर : मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा एमाले, माओवादी र नाउपा 


  • 6.8K
    Shares

    सुदूरपश्चिम सरकार धरमर : मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा एमाले, माओवादी र नाउपा 
    images

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले आनाकानी गरेको छ । 

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेबारे अहिलेसम्म माओवादी केन्द्रले कुनै पनि आधिकारिक निर्णय गरेको छैन । 

    पार्टी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक तत्काल बस्न नसक्ने भन्दै दलको बैठक समेत बस्न नसकेको बताए ।  

    त्यस्तै सत्तासाझेदार दल नेकपा (एमाले)ले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएको छ । 

    त्यसैगरी नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले पनि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरेको छ । 

    विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । 

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १०:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij