२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज (शुक्रबार) उनले अपरान्ह ५ बजे विश्वासको मत लिनेछन् ।
सोही प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
सोडारी यहीँ वैशाख ६ गते नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा.तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री सोडारी नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य हुन् ।
अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ , राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij