Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता, के भयो कुरा ? 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता, के भयो कुरा ? 


  • 4.1K
    Shares

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच दुई घण्टा भेटवार्ता, के भयो कुरा ? 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा भेटवार्ता भएको छ । 

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीबार) भेटवार्ता भएको हो ।

    भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताए । 

    संसद्को बजेट अधिवेशन बोलाउने विषय संसद् र सरकार सम्बन्धित भएको उनले उल्लेख गरे । छिट्टै अधिवेशन बोलाइने उनले विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान करिब ११ः४० बजे पुगेका ओली भेटवार्ता सकाएर दिउँसो १ः५३ बजे बाहिरिएका थिए ।  

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १५:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij