Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रदेश सरकार 

तत्काल नयाँ सरकार निर्माण प्रक्रिया सुरू हुन्छ : एमाले सचेतक 

तत्काल नयाँ सरकार निर्माण प्रक्रिया सुरू हुन्छ : एमाले सचेतक 


  • 5.6K
    Shares

    तत्काल नयाँ सरकार निर्माण प्रक्रिया सुरू हुन्छ : एमाले सचेतक 
    images

    विराटनथर । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताएका छन् । 

    सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीकातर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिमसभाको विशेषाधिकार हनन भएको उनको दाबी छ । 

    कोशी प्रदेशसभा सचिवालयको सभाहलमा संसदीय पत्रकार मञ्चसँग आज भएको भेटघाटमा उनले भने, ‘गत चैत २६ गते नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले दलगत दिएको विश्वासको मत फिर्ता लिइसकेपछि वैशाख ३ गते कोशी प्रदेशसभामा दर्ता भएको सङ्कल्प प्रस्ताव वैशाख ७ गते बहुमतले पारित भएपछि उनले विश्वासको मत लिनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो ठहर हो ।’

    सभामुख अम्बरबहादुर विष्टले पनि ३० दिनभित्र विश्वासको मत लिन दिएको निर्देशन नमान्नु पनि न्यायोचित नभएको उनको भनाइ छ । 

    उनले मुख्यमन्त्री कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिएमा नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने धारणा राखे । 

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १४:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij