Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

यी एजेन्डामा छलफल गर्न तीन संसदीय समितिको बैठक बस्दै

यी एजेन्डामा छलफल गर्न तीन संसदीय समितिको बैठक बस्दै


  • 2.1K
    Shares

    यी एजेन्डामा छलफल गर्न तीन संसदीय समितिको बैठक बस्दै
    images

    काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दैछ । बैठक आज (बिहीबार) क्रमशः बिहान ११ बजे र दिउँसो २ बजे बस्नेछ ।  

    बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।  

    बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनासम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

    त्यसैगरी आजै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । 

    बैठकमा सार्वजनिक सेवा प्रशारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ ।

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १०:०४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij