Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

विरालो बनेर गोरखा पुगेका प्रचण्ड शेर बनेर फर्केपछि सबै गुण भुलेको बाबुरामको आरोप

विरालो बनेर गोरखा पुगेका प्रचण्ड शेर बनेर फर्केपछि सबै गुण भुलेको बाबुरामको आरोप


  • 3.6K
    Shares

    विरालो बनेर गोरखा पुगेका प्रचण्ड शेर बनेर फर्केपछि सबै गुण भुलेको बाबुरामको आरोप
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

    १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा उनले यस्ताे आराेप लगाएका हुन् ।

    अध्यक्ष भट्टराईले कहिले कांग्रेस त कहिले एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए ।

    उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

    भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरूलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

    अध्यक्ष भट्टराईले दाहालले निर्वाचनअघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरे पनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - १३:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij