Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

राजनीति

तानाशाही आरोप खेपेका सुहाङको राजाकै जस्तो विजय सवार, ओलीको अंगालोमा लुटुपुटु

तानाशाही आरोप खेपेका सुहाङको राजाकै जस्तो विजय सवार, ओलीको अंगालोमा लुटुपुटु


  • 6.0K
    Shares

    तानाशाही आरोप खेपेका सुहाङको राजाकै जस्तो विजय सवार, ओलीको अंगालोमा लुटुपुटु
    images

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । 

    इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।  

    इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । 

    एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गरेका थिए । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका हुन् । 

    यसअघि उनलाई एमालेले टिकट दिँदा इलामकै एमाले नेता तथा कार्यकर्ताले राजाको छोरो राजै हुने तानाशाही प्रवृत्ति पार्टीमा हाबी भएको आरोप लगाएका थिए । 

    RPL-Illam-1820240430_133435copy.jpg

    उनका बाबु सुवास नेम्बाङ २०७९ को निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनको निधन भएपछि छोरा सुहाङलाई एमालेले उपनिर्वाचन २०८१ का लागि उम्मेदवार बनाएको थियो । 

    उनलाई एमालेकै कार्यकर्ताले तानाशाहीको आरोप लगाएका थिए भने प्रतिपक्षी उम्मेदवारले राजाको छोरो राजै हुने भन्दै चुनावी नारा समेत बताएका थिए । 

    RPL-Illam-18SuhangNembangRyaliPrasthan(3)copy.jpg

    इलाम–२ ले सुहाङको विजयी सवार तथा सभाको आयोजना गरेको थियो । त्यहाँ उनी राजाको जस्तै सवारमा सडकमा उत्रिएका थिए भने हजारौँ शुभचिन्तकको भीडले उनलाई सघाएको थियो । 

    newskarkahna-news688971..jpg

    विजयी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई अंगालो हालेका थिए ।

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १५:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij