Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

प्रदेश सरकार

कर्णालीमा माओवादीबाट मन्त्री बन्ने लाइनमा को–को छन् ? (नामावलीसहित) 

कर्णालीमा माओवादीबाट मन्त्री बन्ने लाइनमा को–को छन् ? (नामावलीसहित) 


  • 3.0K
    Shares

    कर्णालीमा माओवादीबाट मन्त्री बन्ने लाइनमा को–को छन् ? (नामावलीसहित) 
    images

    सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री बन्ने लाइनमा छन् । यसअघि मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही छन् । 

    तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ ।

    यस्तै माओवादीबाट रणसिंह परियार भने यसअघि नै मन्त्री बनिसकेका छन् । उनलाई पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ । स्रोतका अनुसार केसीलाई अर्थ, परियारलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ । शाहीलाई उद्योग र रावतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ ।

    सत्तारुढ दल नेकपा (एमाले) र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि एमालेबाट ६ नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १२:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij