२०८२ कार्तिक २२ गते शनिवार
धनगढी । सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।
आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ । वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए ।
सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij