Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृचि भेन्चर फण्डको बार्षिक साधारण सभा जेठ ८ गते, के–के छन् प्रस्ताव ? 

कृचि भेन्चर फण्डको बार्षिक साधारण सभा जेठ ८ गते, के–के छन् प्रस्ताव ? 


  • 2.0K
    Shares

    कृचि भेन्चर फण्डको बार्षिक साधारण सभा जेठ ८ गते, के–के छन् प्रस्ताव ? 

    काठमाडौँ । कृचि भेन्चर फण्ड लिमिटेडले जेठ ८ गते सातौं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

    कम्पनीको शाख ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति र स्थान तया गरेको हो । सभा जेठ ८ गते मङ्गलबार काठमाडौंको गैरीगाँउस्थित टिम कर्पोरेट सेन्टरमा अपरान्ह ४ बजेदेखि सुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले आईपिओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले बोनस शेयर र नगद लाभांश जारी गर्ने, आईपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी गाभ्ने÷गाभिने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिबाट भएको नियुक्ती अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

    सभा प्रयोजनार्थ कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोको अघिल्लो दिनको अभिलेखमा कम्पनीको शेयरधनीको रुपमा कायम शेयरधनी मात्र सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - ०९:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij