२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । सेयरबजारमा ४६.७८ अंकको गिरावट आएको छ। लगातार दोस्रो दिन घटेपछि नेप्से २७९६.५७ विन्दुमा झरेको हो। ३ करोड ६० लाख कित्ता सेयर किनबेचपछि १३ अर्ब १८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बुधबार २८ वटा सेयरको मात्रै मूल्य बढेका छन्। जसमा सबैभन्दा धेरै सालपा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावरलगायत छन्।
यी सेयरहरु १० प्रतिशतसम्मले बढेका हुन्।
तर कालिका पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, ट्रेड टावरलगायतको अधिकतम ८.४७ प्रतिशतसम्मले मूल्य घटेको नेप्सेले जनाएको छ। यस दिन कुल २३२ वटा सेयरको मूल्य घटेको छ।
दुईवटाको भने यथावत् छ।
कारोबारतर्फ रिडी पावरको ८५ करोड, आखुखोला जलविद्युत् कम्पनीको ५१ करोड, नेशनल हाइड्रोपावर ४९ करोड, अपि पावर ४४ करोड र ङादी ग्रुप पावर ४१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिन सामूहिक लगानी कोष बढे पनि बाँकी समूह राताम्य छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij