२०८२ कार्तिक २२ गते शनिवार
काठमाडौँ । शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए ।
इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।
इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । जसअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगियो ।
कसको कति मत ?
सुहाङ नेम्वाङ, विजयी
नेकपा एमाले
– २७७७२
डम्बर बहादुर खड्का
नेपाली काँग्रेस
– २१९४२
डकेन्द्र सिंह लिम्बु
स्वतन्त्र
– ११४५७
मिलन लिम्बु
राष्ट्रिय स्वतन्त्र पार्टी
– ५०५०
मनिबहादुर लिम्बु
मंगोल नेशनल अर्गनाइजेसन
– ८१६
जीतबहादुर राई
एकीकृत समाजवादी
– ४०८
लक्ष्मी गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी
– ४०४
रेशमबहादुर सुनार
नेपाली जनता दल
– २०६
प्रेमकुमार थाम्सुहाङ
जनमत पार्टी
– ११८
अर्जुनबहादुर शाही
स्वतन्त्र
– ५५
जयवन्त विक्रम शाह
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
– ४३
धनराज राना मगर
नेशनल रिपब्लिक नेपाल
– ४३
राज वश्याल
स्वतन्त्र
– ३८
गणेशबहादुर चौहान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
– ३६
श्यामबहादुर दर्जी
नेपाल मजदुर किसान पार्टी
– ३३
दिपेश बोहोरा
स्वतन्त्र
– २१
डाकप्रसाद गौतम
स्वतन्त्र
– १४
मनोज निरौला
स्वतन्त्र
– १२
योगेन्द्र गुरुङ
स्वतन्त्र
– ४
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij