Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

इलाम उपनिर्वाचन अद्यावधिक

एमालेले १६ हजार मत कटायो, कांग्रेसलाई स्वतन्त्रले पछ्याउँदै, रास्वपा झन्-झन् पछि पर्दै

एमालेले १६ हजार मत कटायो, कांग्रेसलाई स्वतन्त्रले पछ्याउँदै, रास्वपा झन्-झन् पछि पर्दै


  • 3.2K
    Shares

    एमालेले १६ हजार मत कटायो, कांग्रेसलाई स्वतन्त्रले पछ्याउँदै, रास्वपा झन्-झन् पछि पर्दै
    images

    काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।

    फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४ को मतगणना सकिँदा सुहाङले पाँच हजार ६६२ मतले अग्रता लिएका हुन् । 

    उनलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ८२५ मत पाएका छन् । 

    रास्वापाका मिलन लिम्बूले दुई हजार ६४५ मत पाएका छन् । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १६:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij