२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेका चर्च र स्वयम्भुबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । आज चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा झापा एफसी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । झापा र समाजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । झापा पहिलो जितको खोजीमा रहेको छ । समाज कल्याण भने तेस्रो जितको खोजीमा रहेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij