Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

समीक्षा अधिकारी कार्यक्रममा गएर स्टेज नचढी फर्किइन्

समीक्षा अधिकारी कार्यक्रममा गएर स्टेज नचढी फर्किइन्


  • 3.4K
    Shares

    समीक्षा अधिकारी कार्यक्रममा गएर स्टेज नचढी फर्किइन्
    images

    काठमाडौँ । कलाकारका लागि कहिलेकाहीँ मेला महोत्सव आफूले सोचे जस्तो नहुन पनि सक्छ । कार्यक्रम स्थल पुगेर उनीहरू त्यसै फर्किनुपर्ने पनि हुन्छ ।

    समीक्षा अधिकारी चर्चित गायिकालाई शनिवार यस्तै परेको छ । उनी दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आयोजित एक कन्सर्टमा सहभागी हुन त्यहाँ पुगेर पनि स्टेज नचढी फर्किएकी छन् ।

    प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन निर्धारित समयमै पुगेकी थिइन् । तर कन्टर्समा थोरै ९२३ जना मात्र दर्शक उपस्थित भएका कारण उनी स्टेज नै नचढी फर्किनु परेको हो । 

    दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको चलचित्र पत्रकार सङ्घ, दाङका अध्यक्ष सन्तोष केसीले बताए ।

    सन्तोष केसीका अनुुसार कार्यक्रममा दर्शकको अभाव हुनुको कारण कन्सर्ट आयोजना गरिएको मैदान उपयुक्त नहुनु, मौसम खराब हुनु र केही अगाडि तुलसीपुरमा भव्य महोत्सव सम्पन्न हुनु पनि हो । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १६:२८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij