Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य


  • 2.3K
    Shares

    नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु टी(२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यु गिनीले १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको छ। 

    पिएनजीका ओपनर टोनी उराले नेपालविरुद्ध अर्धशतक प्रहार गरे। ३७ बलमा ५ चौका र ४ चौका हानेका टोनी ६१ रन बनाउँदा १३।४ ओभरमा कुशल भुर्तेलको बलमा विवेक यादवको हातबाट क्याच आउट भए। 

    हिला भरे १८ रन बनाउँदा कुशल भुर्तेलको बलमा नै एलबीडब्लु धरापमा परे। किपलिन डोरिगा १४ रन बनाउँदा कुशल भुर्तेलको बलमा लोकेश बमको हातबाट क्याच आउट भए। हिरि हिरि १५ रन बनाउँदा गुल्सन झा को बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे। 

    चाड सोपर १३ रन बनाउँदा आकाश चन्दको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। कप्तान असद भाला र लिगा सिका समान २ रन बनाउँदै पेभेलियन फर्के। सेसे बाउ १ रनमा कै करण केसीको बलमा आकाश चन्दको हातबाट आउट हुन पुगे।

     एलि नाओ ३० र कबुआ मोरिया ३ रनमा नटआउट रहे। नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिए। कुशलले आफ्नो स्पेलमा २४ रन खर्चे। करण केसी र गुल्सन झा ले समान एक विकेट आफ्नो नाममा गरे।

    प्रकाशित मिति :फाल्गुण ३० २०८० बुधवार - १३:३६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij