Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालन

मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालन


  • 6.2K
    Shares

    • images
    मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालन
    images

    मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।

    मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन । 

    हाल मकवानपुर गढी कोभिड– १९ सङ्क्रमणमुक्त भए पनि यससम्बन्धी समस्या देखिएमा अब स्थानीय तहमै सञ्चालित अस्पतालबाट सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । अहिले गाउँपालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । 

    कोभिड अस्पतालले बिरामीको स्वास्थ्यपरीक्षण, उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस, कोभिडका शङ्कास्पद बिरामीको स्वाब परीक्षणका लागि सिफारिसलगायतका काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । रासस

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १६:१९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij