Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल महिला च्याम्पियनसिप, सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल महिला च्याम्पियनसिप, सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश


  • 3.0K
    Shares

    विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल महिला च्याम्पियनसिप, सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश
    images

    पोखरा । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ ।

    ६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ भने त्यसैगरी सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । आजको सेमिफाइनल खेलका विजेताहरु भोली हुने फाइनल खेलमा दुई टिम भिड्ने छ ।

    सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । आजको लिग चरणको खेलमा पुरुषतर्फको खेल भने नसकिएको आयोजकले जानकारी दिएको छ ।

    विकास शिल्ड सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको जीवन र गवाहीप्रति समर्पित छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - ०८:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij