२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज आज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ।
चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।
कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन। यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।
प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउनको लागि रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केहि अप्ठयारो बनाइएको छ। जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तायारी सुरू गरिसकेका छन।
तीन वटा रेकर्ड सहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन। यस्तै यो सिजनको सुरूवात सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ।
प्रोफेसनल गल्फरहरूलाई युवा एमेच्योर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यले कडा चुनौती दिनेछन । गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव पनि उच्च फर्ममा रहेका छन। उनी उपाधि रक्षा गर्ने कोशिशमा रहनेछन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij