Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य


  • 2.4K
    Shares

    नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य
    images

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले नटआउट ५५ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएका हुन् ।

    उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो चौथो अर्धशतक हो । ८ ओभरमा ४ विकेट गुमाएको नेपालको इनिङ्स कुशल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए । 

    यसअघि ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।

    दिपेन्द्रसिंह ऐरीले १६ र करन केसीले ७ रन बनाए । सोमपाल कामी २ रनमा आउट हुँदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - १३:२७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij