Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता

पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता


  • 3.1K
    Shares

    पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता
    images

    ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् ।

    समाचार संस्था सीसीटीभीमा प्रकाशित तस्बिरमा पुलको एक हिस्सामा क्षति पुगेको र जहाज त्यहाँ अड्किएको देखिएको छ । जहाजले सामान भने बोकेको देखिएको छैन । घटना स्थानीय समयअनुसार  बिहान साढे ५ बजे भएको थियो ।

    बेइजिङ न्यूजका अनुसार घटनामा संलग्न जहाजको क्याप्टेनलाई पक्राउ गरिएको छ भने नजिकका क्षेत्र खाली गरिएको छ । पुललाई स्तरोन्नति गर्ने योजना रहे पनि त्यो टर्दै आएको थियो । सन् २०२१ को अक्टोबरमा प्रान्तीय अधिकारीहरूले पुलको भौतिक सुरक्षाका लागि ठक्कर न्यूनीकरण पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए । 

    ग्वान्झाओ पर्ल नदी छेउमा अवस्थित रहेको छ । यो चीनको व्यस्त बन्दरगाह मध्ये एक हो । घटना भएको नान्सा दक्षिण चीनको सबैभन्दा चाँडो विकास भइरहेको बन्दरगाह हो ।

    प्रकाशित मिति :फाल्गुण १० २०८० बिहिवार - १२:३२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij