Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

धार्मिक कार्यक्रममा खाना खाँदा ३०० जना बिरामी

धार्मिक कार्यक्रममा खाना खाँदा ३०० जना बिरामी


  • 2.4K
    Shares

    धार्मिक कार्यक्रममा खाना खाँदा ३०० जना बिरामी
    images

    भारतको पश्चिमी राज्य महाराष्ट्रमा धार्मिक कार्यक्रममा खाना खाँदा महिला र बालबालिकासहित करिब ३०० जना बिरामी परेका छन् ।

    घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दु धार्मिक अनुष्ठानका क्रममा भएको हो।

    त्यहाँ भोजन र प्रसाद ग्रहण गरेका थुप्रै व्यक्तिले बान्ता, पखाला, वाकवाकी र बेचैनी भएको बताएपछि उनीहरूलाई सरकारी स्वास्थ्य संस्थामा लगिएको थियो। अस्पतालमा शैयाको अभावका कारण अस्पतालको भवनबाहिरै खुल्ला ठाउँमा बिरामीको उपचार भइरहेको बताइएको छ ।

    घटनास्थलबाट टेलिभिजनमा प्रशारण गरिएको भिडियो फुटेजमा जमिनमा लडिरहेका बिरामीहरूलाई अस्पतालबाहिर खुल्ला ठाउँमा रूखका हाँगाबाट डोरीमा बाँधिएका बोतलहरूबाट इन्ट्राभेनस फ्लुइड खुवाइँदै गरेको देखाइएको थियो। जिल्ला कलेक्टर कार्यालयका स्थानीय सरकारी अधिकारीका अनुसार यो विषाक्त खानाको असर हो र अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका छन् र बाँकी रहेकालाई विभिन्न अस्पतालहरूमा निगरानीमा राखिएको छ ।

    यसैबीच अधिकारीहरूले खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षण र विश्लेषणका लागि पठाएका छन् । घटनाबारे अनुसन्धान जारी छ । -सिन्ह्वा

    प्रकाशित मिति :फाल्गुण ९ २०८० बुधवार - २०:०५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij