Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इटालीको सार्वजनिक ऋण २०२३ मा २।८६ ट्रिलियन युरो पुग्यो

इटालीको सार्वजनिक ऋण २०२३ मा २।८६ ट्रिलियन युरो पुग्यो


  • 2.9K
    Shares

    इटालीको सार्वजनिक ऋण २०२३ मा २।८६ ट्रिलियन युरो पुग्यो
    images

    काठमाडौं । इटालीको सार्वजनिक ऋण २०२३ को अन्त्यमा २।८६ ट्रिलियन युरो ९३।०८ ट्रिलियन अमेरिकी डलर० पुगेको छ । जुन एक वर्ष अघिको स्तरको तुलनामा १०५ अर्ब युरोले बढेको बैंक अफ इटालीले जनाएको छ ।

    गत वर्षको अन्त्यमा इटालीको ऋण कुल गार्हस्थ्य उत्पादनको १४० प्रतिशत बराबर हुने अनुमान गरिएको थियो । जुन सन् २०२२ को अन्त्यमा कुल गार्हस्थ्य उत्पादनको १४१।७ प्रतिशतको ऋण स्तरबाट घटेको बैंकले जनाएको छ ।

    यो वृद्धिको सबैभन्दा ठूलो हिस्सा सार्वजनिक प्रशासनमा खर्च गरिएको र ८९ अर्ब युरोबाट आएको हो बताइएको छ । युरोपेली आयोगले यस वर्ष इटालियन आर्थिक वृद्धिको लागि आफ्नो अनुमानलाई ०।७ प्रतिशतमा डाउनग्रेड गरेको छ ।

    जुन अघिल्लो ०।९ प्रतिशत थियो । इटालीको लागि २०२५ को लागि यसको वृद्धि पूर्वानुमान १।२ प्रतिशत छ ।

    -न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण ६ २०८० आइतवार - ०७:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij