Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सेमिफाइनलमा नेपाल पराजित, ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै

सेमिफाइनलमा नेपाल पराजित, ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै


  • 2.4K
    Shares

    • images
    सेमिफाइनलमा नेपाल पराजित, ८ वर्षपछि एसिया कप खेल्ने  सपना अधुरै
    images

    काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ ।

    यससँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन् । मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो । पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो । 

    दोस्रो बल अफ साइडमा डट राखिन् । तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो । चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन् ।पाँचौं बलमा एक रन बटुल्दै रोमान्चक जितका साथ फाइनल र एसिया कपमा मलेसियालाई पुर्‍याइन् । मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

    नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् ।

    त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् ।

    ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।

    मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ । फाइनल आइतबार हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८० शुक्रवार - १४:५२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij