Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

सन् २०२३ मा चीनको ग्यासखपत ७.६ प्रतिशतले बढ्यो

सन् २०२३ मा चीनको ग्यासखपत ७.६ प्रतिशतले बढ्यो


  • 2.3K
    Shares

    सन् २०२३ मा चीनको ग्यासखपत ७.६ प्रतिशतले बढ्यो
    images

    बेइजिङ । चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो ।

    सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।

    चीनले सन् २०२३ मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, जुन सन् २०२२ को तुलनामा ५.८ प्रतिशतले बढी हो । न्युज एजेन्सी/रासस

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - ०६:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij