२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ४ अर्ब २४ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij