Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार

शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार


  • 624
    Shares

    शेयर बजारमा उत्साह, कारोबार रकममा पनि उल्लेख्य सुधार

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा भारी वृद्धि भएको छ । आज नेप्से परिसूचक ४२।२६ अंकले बढेर २,७१४ को विन्दुमा कायम भएको छ । 

    आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ । 

    सबैभन्दा धेरै (९३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएको छ। आज सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन लगानी उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    एनआरएन कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको ३७ करोडको शेयर कारोबार भएको छ ।

    6.JPG

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १५:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij