२०८२ माघ ७ गते बुधवार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो।
लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्कासन गरेको छ। कुल २१ लाख ९९ हजार २६ आवेदकबाट २ करोड ५० लाख ४१ हजार कित्ता शेयर माग भएको छ।
२१ लाख ९६ हजार ३४ आवेदकबाट माग भएको २ करोड ५० लाख ५८० कित्ता शेयर सदर भएको थियो भने २ हजार ९९२ आवेदकबाट माग भएको ४० हजार ४२० शेयर बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यस हिसाबले २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ।
एफपीओको नतिजा केहीबेरमा सार्वजनिक हुने भएकोछ। नतिजा सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np का साथै धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij