Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

तपाईको यौनाङ्गमा यस्तो समस्या त छैन ? जानीराख्नुहोस् यी कुरा !

तपाईको यौनाङ्गमा यस्तो समस्या त छैन ? जानीराख्नुहोस् यी कुरा !


  • 10.4K
    Shares

    • images
    तपाईको यौनाङ्गमा यस्तो समस्या त छैन ? जानीराख्नुहोस् यी कुरा !
    images

    महिलाहरुमा यौनाङ्ग सम्बन्धी अनेक समस्या हुन्छन् । यद्यपी उनीहरु यसबारे बताउन लाज मान्छन् । असहज मान्छन् । जबकी त्यही समस्याले क्रमस जटिलता ल्याउन सक्छ ।

    उनीहरुमा यौनाङ्गको संक्रमण हुने संभावना अत्याधिक रहन्छ । मासिक स्रावको बेला मात्र होइन, अन्य दिनमा पनि यौनाङ्गको सरसफाई अति आवश्यक हुन्छ । तर, जानेर वा नजानेर उनीहरुले यसतर्फ ख्याल राख्दैनन् । नतिजा के हुन्छ भने, यौनाङ्गको संक्रमण । यहि संक्रमणले विभिन्न यौनजन्य रोग निम्त्याउँछ ।

    योनीको सरसफाईमा पनि के गर्ने, कसरी गर्ने, के प्रयोग गर्ने, के नगर्ने भन्ने कुरा जान्नुपर्छ । जथाभावी साबुन प्रयोग गर्ने, जस्तोसुकै कपडा प्रयोग गर्ने बानीले पनि यौनाङ्गको संक्रमण हुन सक्छ ।

    योनीमा एउटा नाजुक पीएच सन्तुलन हुन्छ । गलत साबुन प्रयोग गरियो भने योनीको पीएच सन्तुलन बिग्रिन्छ । यसका साथै अरु थुप्रै कुरा छन्, जसले योनीको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछन् ।

    सामान्यत २० बर्ष उमेर पार गरेपछि हरेक महिलाले नियमित यौनाङ्गको जाँच गराउनु आवश्यक हुन्छ । एक अस्वस्थ योनीले प्रजनन तथा कामेच्छालाई प्रभावित पार्न सक्छ । लामो समयसम्म योनीमा तनावले साथीसँगको सम्वन्धलाई पनि प्रभावित पार्छ र आत्मविश्वास कमजोर बनाउँछ । अतः योनीमा कुन-कुन लक्षण देखिए के समस्या हुनसक्छ त ?

    पिसाब पोल्ने

    पिसाब फेर्दा जलन हुनु यूरिन इन्फेक्सनको आम लक्षण हो । यूटीआईबाट बच्नका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ताकि सिस्टमबाट ब्याक्टेरियालाई फ्लस गर्न सकियोस ।

    फरक रंगको स्खलन

    असामान्य रंग, जस्तै पहेँलो, हरियो वा सेतो रंगको असामान्य योनी स्राव भएमा चिन्ता लिनुपर्ने विषय हुन्छ । यसो भएमा चिकित्सकलाई भेट्नैपर्छ ।

    असामान्य रक्तस्राव

    महिनावारीका बीचमा कुनै पनि प्रकारको स्पोटिङ वा ब्लीडिङको जाँच गराउनु पर्छ । नियमित रक्तस्राव ग्रिभा क्यान्सरको लक्षण पनि हुन सक्छ ।

    यौन सम्पर्कमा अत्यधिक दुखाई

    यूटीआई, स्किन इन्फेक्सन, जलन, आदिका कारण यौन सम्पर्कका क्रममा पीडा हुन सक्छ । यो एन्डोमेट्रिओसिसको लक्षण हुन सक्छ ।

    सुख्खापन

    महिनावारी सुकेपछि सुख्खापनको समस्या अधिक हुन्छ किनकी यस दौरान एस्ट्रोजेनको लेवल तल र्झछ । यसबाट सेक्सका दौरानमा पनि असुविधा हुन सक्छ ।

    छालामा घाउ

    लिबिया र योनीको आसपासको छालामा हुने असामान्य घाउमाथि ध्यान राख्नुपर्छ । यो एउटा उपचाररहित एसटीडीको संकेत हुन सक्छ ।

    चिलाउने

    चिलाउनु पनि एक इन्फेक्सन वा एसटीडीको संकेत हुन सक्छ । यसको संभावित कारण यीस्ट इन्फेक्सन हुन सक्छ जुन एन्टिवायोटिक्सको सेवनबाट हुन सक्छ ।

    दुर्गन्ध

    यदि योनीबाट लगातार अनौठो दुर्गन्ध आइरहेको छ भने सम्झिनुस कि योनीको इन्फेक्सनले गर्दा पनि यस्तो भएको हुन सक्छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १४:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij