Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भगवानले लिए नेपालको पहिलो विकेट

भगवानले लिए नेपालको पहिलो विकेट


  • 2.2K
    Shares

    • images
    भगवानले लिए नेपालको पहिलो विकेट
    images

    काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।

    चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् ।

    नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौका र १ छक्कासहित ३६ रनमा क्रिजमा छन् ।

    रोहित पौडेल ५ रनमा क्रिजमा छन् । नेपालले आजको खेलमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्यू दिएको छ । बेन्चमा अनिल शाह, आकाश चन्द, हेमन्त धामी र देव खनाल छन् ।

     

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १०:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij