२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ ।
१३० वटा विषालु भ्यागुता तस्करीको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । झोला सुरक्षा जाँच गर्ने क्रममा भ्यागुता बरामद गरिएको प्रहरीले जनाएको छ ।
झोलामा ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा राखिएको थियो । ‘ग्रे मार्केट’मा यस्तो भ्यागुताको मूल्य एक हजार डलरसम्म पर्दछ । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् र पानामा हुँदै साओ पाउलो गइरहेकी थिइन् ।
ती महिलाका अनुसार भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएको हो । यिनीहरूलाई हार्लेक्विन फ्रगहरू भनिन्छ, जसलाई पोइजन डार्ट फ्रग नामले पनि चिनिन्छ ।
यी भ्यागुताको साइज मानिसको औंलाभन्दा सानो हुन्छ। भ्यागुताको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् ।
यी लोपोन्मुख भ्यागुताहरू इक्वेडर र कोलम्बिया बीचको जंगलमा पाइन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij