Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दाँत झिक्दा एक युवकको मृत्यु

दाँत झिक्दा एक युवकको मृत्यु


  • 2.8K
    Shares

    • images
    दाँत झिक्दा एक युवकको मृत्यु
    images

    बेइजिङ । चीनमा एक २३ वर्षीय युवकको दाँत निकालेकै कारण मृत्यु भएको छ । यो उमेरमा दाँत निकाल्दा खासै समस्या नहुनु पर्ने हो । तर दाँत झिकेकै कारण एक युवकले आफ्नो ज्यान गुमाएपछि यो घटना देशभरमा चर्चाको विषय बनेको छ । 

    घटना हुनान प्रान्तको हो । वाङ्ग नाम गरेका ती युवक दाँतको उपचारका लागि शेन्झेन सहरको कुइयोङ पिपुल्स हस्पिटल गएका थिए ।

    दाँतको चेकजाँचपछि डेन्टिष्टले दुई ओटा दाँत झिक्नु पर्ने बताए । वाङ्ग पनि दाँत झिक्न तयार भए । यस क्रममा उनको केही एक्स–रे गराइयो । दाँत झिक्ने काम सकिएपछि कुर्सीबाट उठ्ने बित्तिकै उनी बेहोस भएर भुँइमा ढले । तत्कालै उनलाई अस्पतालको  आकस्मिक कक्षमा लगियो । उनको खप्परभित्र रक्तश्राव भयो । तत्कालै बिरामीको खप्परको जटिल शल्यक्रिया गरियो । तर यो शल्यक्रियपछि उनी कोमामा गए । मल्टिपल अर्गन फेलियरका कारण १४ दिनपछि उनको मृत्यु भयो ।

    वाङ्गको मृत्युपछि उनको परिवारले अस्पतालमाथि मुद्दा हालेको छ । अस्पतालका कर्मचारीको लापरबाहीका कारण वाङ्गको मृत्यु भएको परिवारको दाबी छ । तर आफ्नो डेन्टिष्टले कुनै पनि प्रोटोकल र उपचारसम्बन्धी नियमनहरुको उल्लंघन नगरेको अडानमा अस्पताल गरिरहेको छ । 

    वाङ्गको परिवारले १८ लाख युआन क्षतिपूर्ति मागिरहेको छ । अस्पतालले भने ६ लाख युआन मात्रै दिने बताएको छ । अन्तिम संस्कार गर्‍यो भने प्राण नष्ट होला भन्ने पीरमा परिवारले गएको पाँच महिनादेखि वाङ्गको शवलाई मृतक घरमा राखेको छ । दाँत झिक्दा वाङ्गको मृत्यु कसरी भयो भनेर छानबिन भइरहेको छ ।

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - १४:३८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij