Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

चिलीमा डढेलो लाग्दा कम्तीमा ४६ जनाको मृत्यु

चिलीमा डढेलो लाग्दा कम्तीमा ४६ जनाको मृत्यु


  • 2.6K
    Shares

    चिलीमा डढेलो लाग्दा कम्तीमा ४६ जनाको मृत्यु
    images

    चिली । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका हुन् ।

    अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।

    भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ । सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो । एजेन्सी

    प्रकाशित मिति :माघ २१ २०८० आइतवार - ११:४७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij