Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही


  • 2.8K
    Shares

    • images
    अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही
    images

    काठमाडौं । नेपाली‌ यू–१९ का ब्याटर अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारबाहीमा परेका छन् ।

    दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको खेलका क्रममा गल्तीका कारण उनी आईसीसीको कारबाहीमा परेका हुन् ।

    बंगलादेशविरुद्धको खेलको ६औं ओभरमा अर्जुन दौडेर रन पूरा गर्ने क्रममा बंगलादेशका बलरलाई विकेटको बीचमा कुहिनोले हानेपछि कारबाहीमा परेका हुन् । (आईसीसी) आचारसंहिताको धारा २.१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कारबाही गरेको हो ।

    आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै अर्जुनको ३ डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ । दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।

     

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १३:२२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij