Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यू–१९ विश्वकप: सुपर सिक्समा भारतविरुद्ध उत्रिँदै नेपाल

यू–१९ विश्वकप: सुपर सिक्समा भारतविरुद्ध उत्रिँदै नेपाल


  • 2.3K
    Shares

    • images
    यू–१९  विश्वकप: सुपर सिक्समा भारतविरुद्ध उत्रिँदै नेपाल
    images

    आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार भारतसँग खेल्दैछ। दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।  

    सुपर सिक्स अघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल भारतसँग खेल्दै औपचारिक रुपमा विश्वकप यात्रा टुङ्गाउनेछ। 

    सुपर सिक्सको दौडबाट बाहिरिसकेका कारण नेपालका लागि आजको खेल अनुभवका लागि हुनेछ। त्यसैले नेपाली टोली खुलेर खेल्नु आवश्यक छ। विश्वकपमा नेपाल र भारत तेस्रो पटक भेट हुँदैछन्। यसअघि ८ वर्षअघि सन् २०१६ मा भेट भएका थिए। 

    नेपाली र भारतिय युवा टोली पछिल्लो पटक गत डिसेम्बरको एसिया कपमा भेट भएका थिए।  नेपाली युवा टोलीसामु एसिया कपमा भारतसँग भोगेको हारको बदला लिने अवसर छ। भारतीय युवा टोली भने नेपालमाथि जितको लयलाई नै निरन्तरता दिने योजनामा हुनेछन्।

    सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। उता भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्डमाथि २ सय १४ रनको फराकिलो जित दर्ता गरेको थियो।

    आजको खेलमा भारतले नेपाललाई पराजित गरे शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाउनेछ। सुपर सिक्सबाट समुह ए र बी का शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

     

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - ११:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij