Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास

बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास


  • 2.2K
    Shares

    बन्धकहरूलाई रिहा गर्न सहमत छैन हमास
    images

    काठमाडौँ । इजरायल-हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाईका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र अमेरिका समेत संलग्न छन् ।

    हालै वार्तामा संलग्न कतारले हमासले बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो । तर लेबनानी मिडिया हाउसले भने हमासले अहिलेसम्म सम्झौताको विषयमा कुनै टिप्पणी नगरेको जनाएको छ ।

    प्यालेस्टाइनी श्रोतलाई उदृत गरिएअनुसार हमासले अहिले कुनै सहमति दिएको छैन । इजरायली सञ्चारमाध्यमले पनि लेबनानी सञ्चारमाध्यमबाट यो खबर सार्वजनिक गरेका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार कतारको बयान हतारमा र गलत तरिकाले दिइएको थियो । हालसम्म हमासको नेतृत्वले सम्झौताबारे कुनै निर्णय गरेको छैन ।

    लेबनानी मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि इजरायली मिडियाले जानाजानी सम्झौतालाई अन्तिम रूप दिने कुरा फैलाएको छ ताकि सरकारलाई दबाब दिइरहेका बन्धकहरूको परिवारलाई शान्त राख्न सकियोस् ।

    तर त्यसबारे हमासले कुनै स्वीकार गरेको छैन । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौतालाई इजरायलले अनुमोदन गरिसकेको बताएका छन् । हमासबाट समेत प्रारम्भिक सकारात्मक प्रतिक्रिया रहेको उनको दाबी थियो ।

    हमासले भने इजरायलले समाचार चुहावट गरेको आरोप लगाएको छ । ‘सबै तयारी पूरा भएपछि हामी सम्झौताको जवाफ दिनेछौँ, तर अहिलेसम्म हामीले केही टुंग्याउन सकेका छैनौँ न त कुनै सहमति नै भएको छ,’ हमासलाई उदृत गर्दै समाचार संस्थाहरूले भनेका छन् ।

    यसअघि नोभेम्बरमा इजरायल र हमासबीच युद्धबिराम हुँदा हमासले १०५ बन्धकलाई रिहा गरेको थियो । जसमा ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनो थिए । १३० जनाभन्दा बढी मानिसहरू अझै पनि हमासको कब्जामा रहेका छन् ।

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १०:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij