Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु

आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु


  • 1.9K
    Shares

    आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु
    images

    काठमाडौँ । उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आतंकवादी हमला भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार राति भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको बताएको छ ।

    गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वमा शत्रुको गोलीबाट अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो । यो आक्रमणको पछाडि इरान समर्थित मिलिशियाको हात रहेको दाबी गरिएको छ । 

    यी मिलिशियाहरू सिरिया, इराक, लेबनान र लिबियामा सक्रिय छन् । यसअघि पनि इराकस्थित अमेरिकी एयरबेसमा हमला भएको थियो तर मानवीय क्षति भने भएको थिएन । यस आक्रमणपछि राष्ट्रपति जो बाइडेनले बदला लिने चेतावनी दिएका छन् ।

    अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार आक्रमण उत्तरपूर्वी जोर्डनमा रहेको एउटा बेसमा भएको हो । सेन्टकमले आफ्ना आफन्तहरूलाई सूचित नगरी २४ घण्टासम्म सैनिकहरूको पहिचान गोप्य राखिने बताएको छ । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार साँझ अमेरिकी सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै सिरिया र इराकमा इरान समर्थित मिलिशियाले आक्रमण गरेको आरोप लगाएका छन् ।

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - ११:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij