Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अमेरिकामा व्यक्ति हत्याका दोषीलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

अमेरिकामा व्यक्ति हत्याका दोषीलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड


  • 3.1K
    Shares

    अमेरिकामा व्यक्ति हत्याका दोषीलाई नाइट्रोजन ग्यास  प्रयोग गरी मृत्युदण्ड
    images

    काठमाडौं । अमेरिकामा व्यक्ति हत्याका दोषी एकजनालाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको छ । अलाबामाका केनेथ यूजीन स्मिथलाई नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिइएको हो ।

    नाइट्रोजन ग्यास दिएर गरिएको यो मृत्युदण्डको विधि अमेरिकामा पहिलो पटक प्रयोग गरिएको हो । ५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा दुई पटक अन्तिम अपील र एउटा संघीय पुनरावेदन अदालतमा मुद्दा हारेका थिए । ग्यास मृत्युदण्डलाई क्रूर र असामान्य सजाय भएको उनका वकिलको तर्क थियो ।

    सन् २०२२ मा नै अलाबामाले स्मिथलाई घातक सुई लगाएर मृत्युदण्ड दिने प्रयास गरेकोमा त्यो असफल भएको थियो । उनलाई सन् १९८९ मा एक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।

    मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने विश्वकै पहिलो व्यक्ति हुन् ।

    अलाबामा र दुई अन्य अमेरिकी राज्यहरूले कार्यान्वयनको वैकल्पिक विधिको रूपमा नाइट्रोजन हाइपोक्सियाको प्रयोगलाई अनुमोदन गरेका छन् ।

    सुईमार्फत दिने घातक औषधि फेला पार्न गाह्रो भएकोले नयाँ विधिका रुपमा नाइट्रोजन ग्यास विधि प्रयोगमा ल्याइएको बताइएको छ । फाँसीको साक्षी स्वरुप मिडियाका पाँच जनालाई पनि दण्ड गृहमा लगिएको थियो ।

    प्रकाशित मिति :माघ १२ २०८० शुक्रवार - १०:५५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij